औषधि व्यवस्था विभागले किन रोक्यो १० प्रकारका औषधिको उत्पादन ?
तस्विरः फाइल फोटो
औषधि व्यवस्था विभागले किन रोक्यो १० प्रकारका औषधिको उत्पादन ?
काठमाडौँ- औषधि व्यवस्था विभागले १० प्रकारका औषधि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ । औषधि मूल्यांकन समितिबाट प्राप्त रायअनुसार ती औषधिहरू सुरक्षित नभएकाले विभागले उत्पादनमा रोक लगाएको हो ।
औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदासम्म उत्पादन नगर्न र बजारमा बिक्री वितरणमा राेक लगाइएको औषधि व्यवस्था विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको छ ।
यस्तै, लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया