स्वास्थ्य

थप ६ हजार ६५३ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ८ हजार ६६३ संक्रमणमुक्त

इकागज |
जेठ २१, २०७८ शुक्रबार १७:१२ बजे

काठमाडौँ: नेपालमा शुक्रबार थप ६ हजार ६ सय ५३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार १ सय ८२ पिसिआर परीक्षणका क्रममा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ एन्टीजेन परिक्षणका क्रममा दुई हजार २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनएको छ । 

यो संगै नेपालमा संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १०१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ७ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८ हजार ६ सय ६३ जनासंक्रमणमुक्त भएका छन् । 


हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना संक्रमित निको भएका छन् । हाल नेपालमा ९७ हजार ६९९ संक्रिय संक्रमित आइसोलेसनमा र ७५५ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा ३१ लाख २१ हजार १२० वटा पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x