स्वास्थ्य

स्‍वास्‍थ्‍य मन्‍त्रालयले भन्‍यो

'कोभिडको तेस्रो लहर आउन सक्छ, बालबालिकाको उपचारको लागि २० प्रतिशत बेड छुट्याउनू'

इकागज |
जेठ २१, २०७८ शुक्रवार १८:१५ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो र चौथो लहरमा बालबालिका बढी प्रभावित हुने जनाएको छ । सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताललाई संक्रमित बालबालिकाको उपचारका लागि अहिले छुट्याइएको भन्दा थप २० प्रतिशत बेड छुट्याउन आग्रह गरेको हो ।

पहिलो र दोस्रो लहरको कोभिडमा प्रौढ र युवाहरू बढी प्रभावित भएकाले उनीहरूका लागि मात्र उपचार व्यवस्था गरिएको मन्त्रालयले जारी विज्ञप्‍तिमा उल्लेख छ । 'वैकल्पिक अक्सिजनको व्यवस्थापन समेत गर्न अनुरोध गरिएको छ,' विज्ञप्‍तिमा लेखिएको छ ।


त्यसैगरी, बिरामीको उपचार व्यवस्थापनमा अस्पतालले पुर्‍याएको योगदान प्रति मन्त्रालयले धन्यवाद दिएको छ । स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीप्रति उच्च सम्मान रहेको पनि जनाएको छ ।


Author

थप समाचार
x