स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्यो : जोखिम भत्ता पाउनेको तलबी भर्पाइसहित नाम पठाउनू

इकागज |
जेठ २३, २०७८ आइतबार १२:५३ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी आइसोलेसन सेन्टर, कोभिड-१९ प्रयोगशाला र कोभिड उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको नामावली पठाउन निर्देशन दिएको छ । मन्त्रालयले कोभिड-१९ रोकथाम नियन्त्रण उपचारमा प्रत्यक्ष संलग्‍न स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको ५० प्रतिशित जोखिम भत्ता उपलब्ध गराउने प्रक्रिया सुरु गर्दे भन्दै नामावली पठाउन निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार जेठ ५ गतेको चलानी नम्बर ९३७ पत्रमा माग गरिएको विवरण उल्लेख गर्न भनिएको छ । आइसोलेसन सेन्टर वा उपचार गर्दाको सम्झौता र निर्णय, बिरामीहरूको रियल रिपोर्टिङ, ड्युटीमा खटिएकाहरूको लिस्ट र ड्युटीमा खटिएकाहरूको तलबी भर्पाइ सूची पठाउन मन्त्रालयले निर्देशन दिएको हो ।   


सबै सरकारी अस्पताल, प्रदेश मातहत र स्थानीय तहमा सञ्‍चालित सबै उपचार केन्द्रलाई विवरण पठाउन भनिएको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख गुणराज लोहनीले जनाएका छन् ।


Author

थप समाचार
x