स्वास्थ्य बीमामा सूचीकृत भएका अस्पतालले ओपिडीमा ५० र र इमर्जेन्सीमा सय मात्र लिने
तस्विरः फाइल फोटो
काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाका लागि ओपिडी र इमर्जेन्सी शुल्क घटाएको छ। बीमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी बीमामा आबद्ध बिमितलाई स्वास्थ्य बीमा अन्तर्गतको ओपिडीमा ५० र इमर्जेन्सीमा एक सय रुपैयाँ शुल्क निर्धारण गरेको हो।
यसअघि बोर्डले ओपिडीमा दुई सय र इमर्जेन्सीमा चार सय रूपैयाँ शुल्क तोकेको थियो।
बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले ओपिडी र इमर्जेन्सी शुल्क तोकी बीमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको जानकारी दिइन् । निर्धारण गरिएको यसै अनुसारको शुल्क लागू गर्न बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अनुरोध समेत गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया