स्वास्थ्य

माओवादी केन्द्रद्वारा प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

इकागज |
जेठ २४, २०७८ सोमबार १६:४६ बजे

काठमाडौँ: नेकपा(माओवादी) केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड-१९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टीका प्रदेश इन्चार्जमार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् । 


चीन , माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग/संगठनबाट प्राप्त स्वास्थ्य सामग्रीहरू प्रदेशलाई हस्‍तान्‍तरण गरिएको माओवादी केन्‍द्रले जनाएको छ ।  सामग्रीहरू एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजीन, थर्मल गन। अक्सिमिटर, खाली अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर,  फेस सिल, केएन ९५ मास्क रहेका छन् । 


Author

थप समाचार
x