स्वास्थ्य

सोमबार थप ४,४७२ जनामा कोभिड संक्रमण

इकागज |
जेठ २४, २०७८ सोमबार १७:४९ बजे

काठमाडौँ : नेपालमा सोमबार थप ४४ सय ७२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार २ वटा पीसीआर परीक्षणका क्रममा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ एन्टीजेन परीक्षणका क्रममा ११ सय २ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ५ लाख ९१ हजार ४९४ संक्रमित र एन्टीजेन परीक्षणबाट १४ हजार ६६१ जनामा कोभिड पुष्टि भएको छ ।


त्यस्तै कोभिडका कारण थप ९२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ७ हजार ९ सय ९० जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार ९ सय ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ९७ हजार ९६० संक्रमित निको भएका छन् ।

हाल ८५ हजार ५४४ सक्रिय संक्रमित आइशोलेशनमा र ७१८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म ३१ लाख ५५ हजार ६४ वटा पीसीआर र ७५ हजार ८५२ वटा एन्टीजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x