स्वास्थ्य मन्त्रालयले ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ परिवर्तन गर्दै
तस्विरः फाइल फोटो
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ परिवर्तन गर्ने तयारी गरेको छ ।
एम्बुलेन्स सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाइ घाइते तथा बिरामीलाई अस्पताल पुर्वको सेवा छिटोछरितो दिन मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका जारी गरेको थियो ।
‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ थप परिमार्जन गरी सरोकारवालाई सुझाव पेश गर्न मन्त्रालयले आग्रह गरेको छ । फागुन १५ गतेसम्म सरोकारवालाहरूले मन्त्रालयमा उपस्थित भएर वा इमेल गरेर सुझाव दिन सक्ने मन्त्रालयले जनाएको छ ।
सरोकारवाला सरकारी, सामुदायिक, सहकारी र निजी स्वास्थ्य संस्था तथा सम्पूर्ण सरोकारवालाहरूलाई मन्त्रालयले अनुरोध गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया