Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

स्वास्थ्य

काममा फर्किए वीपीका आन्दोलित कर्मचारी

इकागज |
माघ २७, २०८० शनिबार २०:४१ बजे

विराटनगर- एक महिनादेखि आन्दोलित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् ।

रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक कर्मचारी आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन् ।


शुक्रबारको प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ महिनादेखि रोकिएको बढुवाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्ने निर्णय गरेमा शनिबार उपकुलपति कार्यालयमा भएको छलफलपछि आन्दोलन फिर्ता लिएर शिक्षक कर्मचारी काममा फर्किन सहमत भएका हुन् ।

उपकुलपति कार्की र आन्दोलनरत पक्षबीच भएको सहमतिमा स्थगित भएको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्ने र सो को नतिजा एक साताभित्र प्रकाशन गर्ने, आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापन पक्षले कारबाही नगर्ने, शिक्षक कर्मचारी र विद्यार्थीको आन्दोलन फिर्ता भएको उल्लेख छ ।


Author

थप समाचार
x