स्वास्थ्य

पुनः कार्यकारी निर्देशकको रुपमा हाजिर हुन पुगे डा. बसौला

इकागज |
माघ २८, २०८० आइतबार १७:५४ बजे

काठमाडौँ- सरकारको निर्णय विरुद्ध सर्बोच्च अदालतले अन्तकालिन अन्तरिम आदेश जारी गरेपछि स्वास्थ्यपछि हटाइएका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला पुन: हाजिर भएका छन् । सर्वोच्चको पछिल्लो आदेश अनुसारको पत्र पाएपछि उनी आइतबार बीमा बोर्डमा पुगेर कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका हुन् ।

डा. बसौला कार्यकारी निर्देशकको रुपमा बीमा बोर्डमा नियमित बाहेक तेस्रो पटक हाजिर भएका हुन् । ‘सुरु नियुक्तिका बेला, त्यसपछि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले निलम्बन गरेपछि सर्बोच्चको अन्तरिम आदेश लिएर र अहिले सरकारले हटाउने निर्णय गरेपछि त्यस विरुद्ध पुन सर्बोच्चबाटै अन्तकालिन अन्तरिम आदेश लिएर,’ बोर्डका एक कर्मचारीले भने ।


डा. बसौलाले भने सर्वोच्चको आदेशलाई पालना गर्नु पर्ने भन्दै आफू पूर्ववत जिम्मेवारी लिएर काममा फर्किएको बताए ।

सर्बोच्चको अन्तरिम आदेशका बीच स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा गत ९ माघको मन्त्रिपरिषद् बैठकले डा. बसौलालाई सेवाबाट हटाउने निर्णय गरेको थियो । गत २४ माघमा उनै मन्त्री बस्नेतले बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठलाई निमित्त कार्यकारीको जिम्मेवारी दिने मन्त्रीस्तरीय निर्णय गरेका थिए ।

त्यसपछि डा बसौला २५ माघमा सर्बोच्च गए र २६ माघमा यथावत रुपमा आफूले जिम्मेवारी सम्हाल्ने गरी अन्तकालिन अन्तरिम आदेश लिएर फर्किएका थिए ।


Author

थप समाचार
x