त्रिवि शिक्षणले अस्पतालले भन्योः आजदेखि आकस्मिक कक्ष मर्मत , केही दिन सीमित स्रोतसाधनले उपचार हुने
तस्विरः फाइल फोटो
काठमाडौँ- त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) सोमबारदेखि केही दिन सीमित आकस्मिक बिरामीको मात्रै उपचार गर्ने भएको छ । आकस्मिक कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गर्ने अस्पतालले जनाएको छ ।
‘माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ । उपचारमा आउनुहुने बिरामीमा पर्नजाने असुविधाका लागि त्रिवि शिक्षण अस्पताल क्षमा चाहन्छ’, सोमबार प्रकाशित सूचनामा उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया