स्वास्थ्य

अक्सिजन प्लान्ट खरिद गर्न जनस्तरबाट उठ्यो ५ करोड ३६ लाख

इकागज |
जेठ २६, २०७८ बुधवार १८:५४ बजे

तस्बिर : भक्तपुर नगरपालिका

भक्तपुर : भक्तपुर नगरपालिकाद्वारा सञ्‍चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न  बुधबारसम्ममा जनस्तरबाट ५ करोड ३६ लाख ३८ हजार ६ सय ९४ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ । बुधबार ९ लाख २१ हजार ८ सय ६३ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको हो ।

त्यस्तै बुधबार भक्तपुर उद्योग वाणिज्य संघले आर्थिक सहायता सहित ३ वटा अक्सीजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराएको छ ।  नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त भएको हो ।


भक्तपुर नगरपालिकाले ख्वप अस्पताल स्थापन गर्ने अक्सिजन प्लान्टको सामग्री बुधबार भक्तपुर आइपुगेको छ । चीनको छेन्दुबाट बुधबार बिमानबाट ती सामग्री काठमाडौँको त्रिभुवन विमानस्थल ल्याएको हो । ती सामग्री निर्माणाधीन ख्वप अस्पतालको भवन च्यामासिंह राखिएको छ ।


Author

थप समाचार
x