स्वास्थ्य

कोभिड-१९ महामारी : काभ्रेमा १०० को मृत्यु, ७ हजार संक्रमित

इकागज |
जेठ २७, २०७८ बिहीबार १४:१ बजे

काठमाडौँ : कोभिड-१९को दोस्रो भेरियन्ट सुरु भएपछि करिब दुई महिनाको अवधिमा काभ्रेमा १०० भन्दा बढी संक्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा सात हजारमा कोभिड संक्रमण देखिएको जनाइएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको थियो । हाल कोभिड संक्रमणको दोस्रो लहरमा हालसम्म १०५ को मृत्यु भएको हो । कोरोना सङ्क्रमणबाट हालसम्म यहाँका १५० को मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ । जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ५७ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।


केन्द्रका अनुसार हालसम्म जिल्लाका १० हजार १५३ मा कोरोना सङ्क्रमण देखिएको छ । यसमध्ये तीन हजार गत सालका सङ्क्रमित हुन् भने करिब सात हजार कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिना अवधिका हुन् । गत वर्षभन्दा बितेका दुई महिनामा दोब्बर बढी सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत सङ्क्रमित वृद्धि भएका हुन् । तथ्याङ्कअनुसार हालसम्मका कूल सङ्क्रमितमध्ये ७९ प्रतिशत अर्थात् आठ हजार दुई सङ्क्रमणमुक्त, भइसकेका छन् ।


Author

थप समाचार
x