स्वास्थ्य

कोभिड अस्पतालले दिनुपर्ने नि:शुल्क सेवा के के हुन् ? सरकारले तोक्यो विवरण

इकागज |
जेठ २७, २०७८ बिहीबार १७:२१ बजे

काठमाडौँ : सरकारले कोभिड-१९ उपचार गर्ने सम्झौता गरेका अस्पतालहरूले नि: शुल्क दिनुपर्ने विवरण सार्वजनिक गरेको छ । सामान्य रगत परिक्षण (जस्तै सिरम यूरिया, क्रिपटनिन, सुगर, सिआरपी, सिविसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी), छातिको एक्सरे, उपचारमा प्रयोगहुने स्लाइन तथा सामान्य औषधि, बिरामीका शय्या शुल्क, खाजा खाना सहित चार छाक, चिकित्सक तथा नर्सको राउन्ड सेवा, अक्सिजन नि:शुल्क दिनुपर्ने उल्लेख छ ।  त्यस्तै नि:शुल्क उपचारमा समावेश हुनेमा आइसीयूबाहेकका बिरामीमा पीसीआर, रेम्डेसिभिर, प्लाज्मा थेरापी, सिटी स्क्यान र हायर एन्टिबायोटिक्स छन् । 

कोभिड-१९ संक्रमितहरूलाई निःशुल्क सेवा दिनका लागि सबै सरकारी अस्पतालहरुमा र केही निजी अस्पतालहरुसँग सेवा सम्झौता गरी व्यवस्था गरेको थियो । सम्झौता भएका निजी अस्पतालहरुको सूचि मन्त्रालयले दैनिक रुपमा भाईबर, फेसबुक, वेबसाइट आदि माध्यममा सार्वजनिक गरिरहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्पताल व्यवस्थापन गर्ने मन्त्रालयका हटलाईन नम्बरहरूले ती अस्पतालहरुमा संक्रमितहरुलाई निःशुल्क सेवाका लागि पठाई व्यवस्थापन समेत गरिरहेका छन् । ती संक्रमित वा संक्रमितका आफन्तले चाहेको अवस्थामा चाहेक निःशुल्क सेवा प्रवाह गर्नुपर्ने भनिएको छ । कसैले सशुल्क सेवा लिने भनी अस्पतालमा भर्ना भएको छ भने लिखित रुपमा मन्जुरीनामा लिएर मात्रै शुल्क लिएर सेवा दिनुपर्नेछ । नत्र त्यस्ता संक्रमितहरुलाई निःशुल्क सेवा प्रदान गर्नुपर्ने उल्लेख छ। 

सम्पूर्ण संक्रमितहरुको अस्पताल अनुसार नै मन्त्रालयको सूचना प्रणाली (आई एम यू) मा अनिवार्य प्रविष्टि हुने व्यवस्था गरिएको समेत छ। यो भन्दा अन्य सेवा लिएका सेवाग्राहीको विवरणहरू फरक परेमा वा कुनै पनि सेवाग्राहीलाई समस्या परेको पाईएमा सरकारबाट हुने कुनै पनि शोध नगराईने मन्त्रालयले बताएको छ । निःशुल्क कोमिड-१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचिबाट हटाउने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुन बमोजिम कारवाही समेत गरिने मन्त्रालयले जानकारी दिएको छ।     



Author

थप समाचार
x