स्वास्थ्य

बिहीबार ५९ संक्रमितको मृत्यु, ५ हजार २९३ संक्रमणमुक्त

इकागज |
जेठ २७, २०७८ बिहीबार १७:५६ बजे

काठमाडौँ : बिहीबार कोभिड-१९ को कारण ५९ जनाको मृत्यु भएको छ । हालसम्म आठ हजार २३८ संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुल परीक्षण १५ हजार २ सय ३८ परीक्षण गर्दा तीन हजार ७४९ जनामा कोभिड संक्रमण देखिएको छ । नेपालमा सक्रिय संक्रमित ७७ हजार ८५८ छन् ।


संक्रमणमुक्त ५२९३ जना भएका छन् । पाँच लाख १५ हजार ५९१ जना निको भइसकेका छन् । त्यसैगरी,  काठमाडौँमा ५४०, ललितपुर १२५ र भक्तपुरमा ९९ जनालाई संक्रमण देखिएको हो ।


Author

थप समाचार
x