स्वास्थ्य

प्रधानमन्त्रीको प्रश्न : फोक्सो, कलेजो, मृगौला, क्यान्सर रोगको उपचारमा कति जनशक्ति चाहिन्छ ?

इकागज |
जेठ २८, २०७८ शुक्रबार १६:८ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप  शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् ।

चिकित्सा सेवा आयोगको सातौँ बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई मुटुको विशेषज्ञ जनशक्ति कति चाहिएको हो ? कति मध्यम स्तरको जनशक्ति कति सामान्य प्राविधिक जनशक्ति ? यसको हिसाब हुनुपर्छ ।' प्रधानमन्त्रीले फोक्सो, कलेजो, मृगौला, क्यान्सर जस्ता रोगहरुमा समेत हामीलाई कति जनशक्ति आवश्यक छ भन्ने कुराको चित्रण प्रष्ट रुपमा गरिनु पर्ने धारणा प्रधानमन्त्रीको थियो ।

आवश्यकता आँकलन नगरी जनशक्ति उत्पादन गर्दा कही नपुग्ने त कही उत्पादन बढी भएर बेरोजगार हुनुपर्ने अवस्था सम्मआउने भनाई प्रधानमन्त्रीको थियो। ‘आवश्यकता पहिचान नगरी जनशक्ति उत्पादन गर्दा पढेको मानिस बरोजगार हुनुपर्ने अवस्था सृजना भएको छ, जबकी उ आँफै रोजगारदाता हुनु पर्ने हो’, प्रधानमन्त्रीको भनाई थियो । अस्पतालहरुमा जाँदा आफूले पनि नर्सको अभाव देखेको उल्लेख गर्दै प्रधानमन्त्रीले कतिपय अस्पतालमा आवश्यकता अनुसारको दरबन्दी सृजना नभएको समेत बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रमहरु तर्फ औंल्याउँदै प्रंधानमन्त्रीले यसका कार्यक्रम आवश्यक हुन् भने चलाउन र छैनन् भने तत्काल बन्द गरिनुपर्ने बिचार समेत राखे । ‘गाउँमा अहिले महिला स्वास्थ्य स्वयंसेविका नै त्यहाँका ठूला चिकित्सक हुन् । सहर आएपछि मात्र त्यहाँका जनताले डाक्टर देख्‍न पाउँछन् । त्यर्सैले ठाउँमा नर्स तहको चिकित्साकर्मी पठाउन सके मा मात्र पनि ठूलै उपलब्धी हुन्छ,' ओलीले भने ।



Author

थप समाचार
x