स्वास्थ्य

नेपाली सेनाले पायो २८ करोडको स्वास्थ्य उपकरण (तस्बिर)

इकागज |
जेठ २८, २०७८ शुक्रबार २०:४० बजे

काठमाडौँ : भारतीय सेनाले करिब २८ करोड ८० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण नेपाली सेनालाई हस्तान्तरण गरेको छ । ‘छिमेकी पहिलो’ नीति अन्तर्गत शुक्रबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको कार्यक्रममा उक्त स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्धको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पुर्‍याएको योगदानको सराहना गरे ।


भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पिसिआर परिक्षण किट लगायतका स्वास्थ्य सामाग्री जेष्ठ २७ गते काठमाडौं ल्याइएको थियो । गत साल यता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारी विरुद्ध लड्न विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको छ । यसैबीच भारतीय सेनाले गत मार्चमा नेपाली सेनालाई एक लाख कोभिशिल्ड खोप प्रदान गरेको थियो । यो सहयोगले संकटको समयमा दुई देशका सेनाबीच रही आएको सहकार्यलाई प्रतिविम्बित गरेको छ ।


Author

थप समाचार
x