स्वास्थ्य

कोभिड-१९ अपडेट

नेपालमा थप ६१ जनाको मृत्यु

इकागज |
जेठ २९, २०७८ शनिवार १६:५४ बजे

काठमाडौँ : नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ६ वटा पीसीआर परीक्षणका क्रममा २ हजार ३ सय ८२ र ५ हजार ९ सय ८८ एन्टीजेन परिक्षणका क्रममा एक हजार दुई जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ५ सय ३५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ३ सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार २ सय ९५ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।


हालसम्म नेपालमा ५ लाख २७ हजार १११ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ७१ हजार ३०१ संक्रिय संक्रमित आइशोलेशनमा र ५५२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३२ लाख ७ हजार २०८ वटा पिरिआर र १ लाख २ हजार ९४० वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । 


Author

थप समाचार
x