स्वास्थ्य

खोप अभियानमा व्यवसायीलाई प्राथमिकता राख्‍न आग्रह

इकागज |
जेठ २९, २०७८ शनिबार १७:२९ बजे

काठमाडौँ : व्यवसायीले व्यवसाय सञ्चालन गर्न कोभिड-१९ विरूद्धको खोप उपलब्धका लागि स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले शनिबार यहाँ प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापन पत्र बुझाउँदै ४० दिनदेखि बन्दाबन्दीले उद्योग र व्यापार धरासायी हुन लागेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।

व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गर्दे बजारलाई सहज बनाउन सङ्घ आवश्यक  सहयोग र समन्वय गर्न तत्पर रहेको ज्ञापन पत्रमा उल्लेख छ । व्यवसायीले पेशागत बाध्यताले प्रत्यक्ष जनसम्पर्कमा रहनु पर्ने भएकाले व्यवसायी कोभिड-१९ सङ्क्रमण उच्च जोखिम रहेकाले अब सञ्चालन हुने खोप अभियानमा व्यवसायीलाई प्राथमिकता राख्न आग्रह समेत गरेका छन् ।



Author

थप समाचार
x