स्वास्थ्य

काठमाडौँ महानगरभित्र रोकिएको कोभिडविरुद्धको खोप भोलिदेखि

इकागज |
जेठ ३०, २०७८ आइतवार १०:२९ बजे

काठमाडौँ : ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोभिडविरुद्धको 'भेरोसेल खोप' काठमाडौँ महानगरपालिकाले रोकेको खोप पुन: सुचारू गर्ने भएको छ । यस अघि महानगरभित्रको सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिएको भए पनि २८ गतदेखि खोप लगाउने कार्यक्रम रोकिएको थियो ।

वडा-वडामा भिडभाड बढेकाले अस्पतालमा खोप लगाइने महानगरका कोभिड फोकल पर्सन ज्ञानु ओलीले इकागजलाई जानकारी दिए । उनका अनुसार वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ ।


काठमाडौँ स्वास्थ्य कार्यालय, काठमाडौँ जिल्ला प्रशासन र काठमाडौँ महानगरपालिकाबीच पुन: खोप सञ्‍चालन कार्यक्रम कसरी गर्न सकिन्छ भनी छलफल भएको ओलीले जानकारी दिए । '१० देखि ११ हजार मानिसलाई खोप लगाउन सकिन्छ,' उनले भने,' लगाउने मिति सम्मभवतः भोलि वा पर्सिदेखि सुरू हुन्छ । खोप लगाउने मिति सम्भवतः आज सार्वजनिक गर्छौ ।'

यसअघि महानगरले २५ गतेबाट ३२ वटै वडामा सञ्‍चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित भएको थियो । तीन दिनमात्र खोप लगाएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका २८ हजार मानिसलाई खोप लगाइ सकिएको छ । खोप असार १ गतेसम्म लगाउन लगाउन सकिनेछ । 

महानगरले गत मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकेर खोप कार्यक्रमको  तालिका सार्वजनिक गरेको थियो ।


Author

थप समाचार
x