स्वास्थ्य

बर्दियाका स्वास्थ्य संस्था र नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

इकागज |
जेठ ३०, २०७८ आइतवार १४:३ बजे

काठमाडौँ  : बर्दियाका स्वास्थ्य संस्था र नगरपालिकाहरुलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ । रक्षा ट्रस्ट बर्दियाको समन्वय र नेपाल चिकित्सक संघसँगको सहयोगमा कन्सन्ट्रेटर सहयोग गरिएको हो । आज एक कार्यक्रम गरी जिल्ला अस्पताल बर्दियालाई २ थान, गुलरिया नगरपालिकालाई १ थान, बारबर्दिया नगरपालिकालाई १ थान, बाँसगढी नगरपालिकालाई १ थान र बढैयाताल गाउँपालिकालाई १ थान कन्सन्ट्रेटर प्रदान गरिएको हो ।


अस्पताल र पालिकाका प्रतिनिधिलाई प्रमुख अतिथि तथा प्रतिनिधि सभाका सदस्य सञ्जयकुमार गौतमले प्रदान गरे । यी सबै सामाग्री जिल्ला प्रशासन कार्यालय मार्फत हस्तान्तरण गरेका हुन् ।  रक्षा ट्रस्ट सांसद गौतमकी आमाको सम्झनामा गौतम परिवारले स्थापना भएको संस्था हो । 

 


Author

थप समाचार
x