स्वास्थ्यमन्त्री यादवद्वारा भरतपुर अस्पतालको अनुगमन
काठमाडौँ- उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चितवनस्थित भरतपुर अस्पतालको अनुगमन गरेका छन् ।
आइतबार अस्पताल पुगेर यादवले अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्ष, फार्मेसीलगायत विभिन्न कक्षको अनुगमन गर्नुका साथै भर्ना भएका बिरामीको अवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा मन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिए । उनले अस्पताल प्रशासनले राखेका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै उनले जनताले चाहेअनुसार काम गर्न नसके पनि स्वास्थ्य क्षेत्रमा सरकारको तत्परताले सेवा प्रवाह कम नभएको दाबी गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया