स्वास्थ्य

विश्व रक्तदाता दिवसको नारा : 'रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ'

इकागज |
जेठ ३१, २०७८ सोमबार ८:४७ बजे

काठमाडौँ : हरेक वर्ष जुन १४ तारिखमा मनाइँदै आएको विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले 'रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ' नारालाई सार्थक बनाउन सोमबार तीनहजार भन्दा बढी रक्तदातालाई धन्यवाद् मोबाइल सन्देश पठाएको हो ।

दिवसको पूर्वसन्ध्यामा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा।नेत्र तिम्सिनाले कोभिडको महामारीमा सवै भन्दा बढी प्रभावित मुलुक नेपालका रक्तदाताले अर्काको जीवन जोगाउन रक्तदान गरिरहेकोमा हार्दिक सम्मान व्यक्त गरे । 'आफ्नो लागि केही अपेक्षा नराखी दान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई हृदयदेखि नै नमन छु', स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) का निर्देशक डा. रुणा झा ले भनिन् । 


रक्तदाता दिवसकै अवसरमा रक्तदाताहरू र रक्तदाता सँघसँस्थाहरुसँग छलफल कार्यक्रम आयोजना गरिएको छ । व्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले स्वैच्छिक, अवैतनिक रक्तदाता बढाउन र रेडक्रसको रक्तसञ्चार सेवालाई सहयोग गर्न संस्था प्रतिवद्ध रहेको बताए । १५२ पटक रक्तदान रहेकी नीता घिरइया र ३५ वर्षदेखि विभिन्न महादेशमा गई रक्तदान गरी रक्तदान गर्दै आएका अभियन्ता अर्जुन मैनालीले रक्तदाता उत्प्रेरणा बढाउनुपर्ने, रक्तदानको महत्व माध्यामिक विद्यालयको  पाठ्यपुस्तकमा समेटिनुपर्ने, आम यूवा समक्ष रक्तदान शिक्षा लिएर पुग्नुपर्ने तथा तथ्याँकहरुको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

दिवसकै अवसरमा बागमती प्रदेश समितिले जुनियर युवाबीच कविता प्रतियोगिता आयोजना गरेको र त्यसको नतीजा जेठ ३१ गते सार्वजनिक हुनेछ । सोमबारै देशका हरेक जिल्लाहरुमा विभिन्न संस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन हुदैछन् । देश भरी नै दिवसको अवसरमा रक्तदान कार्यक्रम राखिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

नेपालमा २ लाखको हाराहारीमा  नियमित रक्तदाता रहेको, महिला रक्तदाता १७ प्रतिशत मात्रै भएकोले शुलभ रगत हुनको लागि यूवा रक्तदाता र महिला रक्तदाताहरू बढाउन आवश्यकता रहेको पौडेल बताए । 


Author

थप समाचार
x