स्वास्थ्य

चिकित्सा शिक्षा आयोगले स्‍नातक तहका लागि तोक्यो कलेज

इकागज |
जेठ ३१, २०७८ सोमबार २१:६ बजे

काठमाडौँ : चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि देशभरका मेडिकल कलेजहरूमा सिट निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिले शैक्षिक शत्र २०७७/७८ का लागि मेडिकल शिक्षाको स्‍नातक तहको सिट निर्धारण गरेको हो । ७६ वटा कलेजका लागि सिट निर्धारण गरेको छ ।

आयोगको कार्यकारी समिति जेठ १९ गतेको निर्णय अनुसार उक्त कलेजलाई स्‍नातको तहको अनुमति दिएको हो ।


आयोगले निर्धारण गरेको सिटमा  एमबीबीएस तर्फ देशभर १ हजार ८३५, बिएस्सी नर्सिङमा १ हजार १००, बिएसएमएलटीमा ४२५, बिएस्सी एमआइटीमा ७१, बिएस्सी मेडिकल माइक्रोबायोलोजीमा २०, बिएस्सी बायोमेट्रिमा २०, बिपिटीमा १५० सिट तोकिएको छ ।


Author

थप समाचार
x