मेयर बालेनले भनेः देशभरका गरिब तथा अशक्त बिरामीहरू काठमाडौँ महानगरमा आउनू
तस्विरः फाइल फोटो
काठमाडौँ- काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले नेपाल भरिका जुनसुकै पालिकाको अशक्त र गरिब बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगरमा आउनलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेख्दै भने, 'हामीसँग ५२ अस्पतालका ३७४ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने भनेका छन् ।'
उनले टोल छिमेक वा आफन्तहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनु आग्रह गरेका छन् ।
सम्पर्क : ११८० (1180) वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया