थप १९४८ जनामा कोभिड संक्रमण पुष्टि
काठमाडौं : नेपालमा बुधबार थप १९४८ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप १९४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १३८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपालमा थप ३१४० जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ७ हजार ९९८ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुने दर ९२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
गौतमले ७५३ मध्ये ३९६ पालिकामा १५ बेडका अस्पताल निर्माण हँुदै जाने र बाकी रहेका पालीकाहरुमा ५–५ बेडको अस्थायी अस्पताल बनाउन १०–१० लाख रुपैया पठाइसकेको हुनाले अस्थायी अस्पताल सञ्चालन गर्न अनुरोध गरिएको बताए ।
त्यस्तै नेपालमा हाल १६६३९ जना आइशोलेशनमा छन् भने ६६९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १६ लाख ९० हजार ५०९ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया