स्वास्थ्य

कोभिड उपचारमा संग्लन स्वास्थ्यकर्मीका लागि ५० प्रतिशत भत्ता

इकागज |
असार १, २०७८ मंगलबार १६:१२ बजे

बुटवल : लुम्बिनी प्रदेश सरकारले कोभिड उपचारमा संग्लन स्वास्थ्यकर्मीका लागि ५० प्रतिशत भत्ता उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दे आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले उक्त कुरा बताए । मन्त्री चौधरीले यो भत्ता कोभिड उपचारमा संग्लन मात्र भएको बताएका छन् ।

मन्त्री बैजनाथ चौधरीले कोभिड १९ विरुद्ध खटिनका लागि सरकारले बजेटलाई प्राथमिकता दिएको बताएका छन् । उनले भने, 'सडक बाटो बनाउँदै गरौंला, अरु विकासका काम गर्दै गरौंला, पहिले स्वास्थ्य उपचारलाई ठीक बनाउँ, पहिले बाँचौं भन्ने मान्यतालाई आत्मसात गरेर अघि बढेका छौं ।' उनले कोभिड १९ संक्रमितको उपचारका लागि सरकारले सबै उपाय अपनाएको बताए।



Author

थप समाचार
x