स्वास्थ्य

पूर्वप्रधानमन्त्री खनालको अपोलो अस्पतालमा उपचार सुरू

इकागज |
असार २, २०७८ बुधबार १९:३० बजे

तस्बिर: नर्भिक अस्पताल

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा एमालेका नेता झलनाथ खनालको दिल्लीको अपोलो अस्पतालमा उपचार सुरु भएको छ । भारतस्थित नेपालका लागि राजदूत निलाम्बर आचार्यले खनालको उपचार प्रक्रिया अघि बढेको सामाजिक सञ्‍जालमा जानकारी दिएका छन् ।

'उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो ,' उनले ट्‍वीटरमा लेखेका छन,' उहाँको शीघ्र सफल उपचारको विश्‍वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ ।'


उनलाई बुधबार साढे १२ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली लगिएको हो । 

लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई दुई दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । विशेष वार्डमा उपचार भइरहेका बेला परिवारले थप उपचारका लागि दिल्ली लैजाने भनेपछि अस्पतालले डिस्चार्ज गरेको थियो । 

 

 


Author

थप समाचार
x