स्वास्थ्य

नेपालमा देखियो कोरानोको नयाँ भेरियन्ट केपी.१ र केपी.२

इकागज |
जेठ ११, २०८१ शुक्रबार १३:५९ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

ती ४२ पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई ओमिक्रोन भेरियन्टको सबभेरियन्ट केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।



Author

थप समाचार
x