स्वास्थ्य

प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै इन्द्रप्रस्थ अपोलो अस्पताल

इकागज |
जेठ १३, २०८१ आइतबार १८:३६ बजे

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीस्थित प्रसिद्ध अस्पताल इन्द्रप्रस्थ एपोलो अस्पतालले प्लाष्टिक सर्जरीसँग सम्बन्धित प्रविधिमा भएको पछिल्ला र उल्लेखनीय प्रगतिबारे जानकारी गराउन यही मे २६ अर्थात आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो सम्मेलनको उद्देश्य भारतमा बढ्दो आम्दानी र प्लाष्टिक सर्जरीप्रति बढ्दो जागरणका कारण कस्मेटिक र सौन्दर्य प्रक्रियाहरूमा देखिएका सम्भावना र अस्पतालले यस क्षेत्रमा गरेका उपलब्धिहरूबारे जानकारी गराउनु हो ।

सो पत्रकार सम्मेलनमा प्लाष्टिक, कस्मेटिक र रिकन्स्ट्रटिभ सर्जरीका वरिष्ठ सल्लाहकार डा.कुलदिप सिंहले यस क्षेत्रका विभिन्न पक्षहरूबारे प्रकाश पारेका थिए । उनले इन्द्रप्रस्थ एपोलो जस्ता प्रतिष्ठित संस्थामा दक्ष विशेषज्ञहरूको बढ्दो मागलाई पूरा गर्न दक्षका लागि अस्पतालले संचालन गरेका विभिन्न प्रशिक्षणसँग सम्बन्धित पहलहरूको बारेमा जानकारी गराएका छन् ।


बढ्दो माग र पहुँचसँगै डाक्टरहरूको नैतिक, योग्यता केन्द्रित तालिमसँगै उच्च गुणस्तरको उपचार प्रविधि उपलब्ध गराउन अस्पताल तयार रहेको जानकारी दिए । साथै उनले प्लाष्टिक सर्जरीमा सो अस्पतालले हासिल गरेका उपलब्धिहरूबारे समेत विस्तृतमा जानकारी दिएका थिए । विगत एक वर्षदेखि इन्द्रप्रस्थ एपोलो अस्पतालले कस्मेटिक र प्लाष्टिक सर्जरीका केही चुनौतपूर्ण केसहरूको सामना गरेको छ र ति केसहरूलाई उच्च गुणस्तरको सुविधासहित सामन गरेर सफल भएको छ ।

सो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. सिहंले भने, ‘बिरामीहरूलाई सौन्दर्य र सौन्दर्य प्रक्रियाहरूमा सबैभन्दा उन्नत र न्यूनत्तम इनबेसिभ प्रविधिहरूमा पहुँच प्रदान गर्न पाउँदा हामी एकदमै गौरबान्तित छौं । चाहे हल्का टच अप होस वा परिवर्तनकारी काम, हामी नवीनतम प्रविधि प्रयोग गरेर हरेक कार्यमा नैतिक, सुरक्षा केन्द्रित दृष्ट्रिकोण लागू गर्छौं, हाम्रो उद्देश्य सर्जिकल प्रक्रियामात्र पूरा गर्नु होइन, बिरामीमा पूर्ण रूपमा आत्मविश्वास सिर्जना गर्नु पनि हो । हामी उनीहरूलाई आवश्यक सहयोग, मार्गनिर्देश र आवश्यक सूचना प्रदान गर्छौं जसका कारण उनीहरूलाई सूसुचित निर्णय गर्न सहयोग गरोस र यसबाट एकदमै अपवाद र नयाँ नतिजाहरू आउन । बिरामीको सबलीकरणलाई प्राथमिकता दिँदै र उनीहरूको पूर्ण हितलाई ख्याल गदै प्रत्येक व्यक्तिलाई अगाडि बढ्न सहयोग मात्र होइन, उनीहरूको जीवनका सबै पक्षमा अगाडी बढ्न प्रेरित गर्छौं ।’


Author

थप समाचार
x