स्वास्थ्य

सिभिल अस्पतालले माग्यो १०८ जना कर्मचारी (सूचनासहित)

इकागज |
जेठ १८, २०८१ शुक्रबार ८:१० बजे

फाइल तस्बिर

काठमाडौँ- निजामती कर्मचारी अस्पताल (सिभिल)ले विभिन्न १०८ जना कर्मचारी मागेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना निकाल्दै अस्पतालले कर्मचारी माग गरेको हो ।

काठमाडौँको मीनभवनमा रहेको अस्पतालले नवौंदेखि पाँचौँ तहसम्म सिनियर रजिष्ट्रारदेखि बायोमेडिकल टेक्निसियनसम्म कर्मचारी माग गरेको छ ।


दरखास्त असार ६ गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ । त्यस्तै दोब्बर दस्तुर बुझाएर असार १३ गतेसम्म दरखास्त दिन सकिने छ ।

दरखास्त अनलाइनमार्फत् दिन सकिने सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x