स्वास्थ्य

थप २ हजार ७ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि

इकागज |
असार ४, २०७८ शुक्रबार १७:७ बजे

काठमाडौँ : नेपालमा शुक्रबार थप २ हजार ७ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५ सय ६९ पिसिआर परीक्षणका क्रममा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ एन्टीजेन परीक्षणका क्रममा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो संगै नेपालमा संक्रमितको संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ४४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा ८ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ हजार २० संक्रमित निको हुदा हालसम्म नेपालमा ५ लाख ४९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् । हाल ५९ हजार ६ सय २४ संक्रमित आइसोलेसन र ४८९ जना क्वारेन्‍टिनमा छन् ।



Author

थप समाचार
x