स्वास्थ्य

बाजुराका सबै स्थानीय तहमा खोप अभियान

इकागज |
असार ४, २०७८ शुक्रबार १८:३३ बजे

बाजुरा : यहाँका नौ वटै स्थानीय तहमा कोभिडविरुद्धको खोप अभियान सुरु भएको छ । अभियानअन्तर्गत हालसम्म एक हजार ६ सय १८ जनाले ‘भेरोसेल’ खोप लगाएका छन् ।

चीन सरकारको सहयोगमा नेपाल सरकारले लगाउन सुरु गरेको सो खोप जिल्लामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई उपलब्ध गराइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।


बाजुरामा गत जेठ २७ देखि ३० गरी ४ दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका नौ वटै स्थानीय तहका १ हजार ६ सय १८ जनाले ‘भेरोसेल’ खोप लगाएको पन्तको भनाइ छ । जिल्लामा ४१ खोप केन्द्रबाट ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका बृद्धबृद्धालाई खोप लगाइएको थियो । रासस


Author

थप समाचार
x