Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

स्वास्थ्य

स्वास्थ्य बीमा बोर्डको कोशी प्रादेशिक कार्यालयमा तालाबन्दी

इकागज |
जेठ ३०, २०८१ बुधबार १८:१६ बजे

सांकेतिक फोटो

काठमाडौँ - विगत तीन दिन देखि आन्दोलनरत कोशी प्रदेशका स्वास्थ्य बीमा दर्ता सहयोगीहरूले विराटनगरस्थित स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयमा तालाबन्दी गरिदिएका छन् । 

न्यूनतम् प्रोत्साहन रकम १० प्रतिशतबाट वृद्धि गरी २५ प्रतिशत पुर्याउन माग गर्दै स्वास्थ्य बीमा दर्ता सहयोगीहरू आन्दोलनरत रहेका छन् । उनीहरुले आफ्नो माग पुरा गराउन दबाव दिनको लागि बुधबारदेखि स्वास्थ्य बिमा बोर्डको कार्यालयमा तालाबन्दी गरेका हुन् । 


आफ्नो मागहरूको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरुले जनाएका छन् । योगदान रकमको १० प्रतिशत सेवा सुविधा पाउँदै आएका दर्ता सहयोगीहरुको महालेखा परीक्षकको कार्यालयले बेरुजू देखाएपछि आयकर कट्टी एक प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको हो । 

तालाबन्दीका कारण स्वास्थ्य बीमाको प्रतिलिपि लिन आउने सेवाग्राहीहरु बढी प्रभावित भएको स्वास्थ्य बिमा बोर्डका प्रदेश कार्यालयले जनाइएको छ । 


Author

थप समाचार
x