स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयमा तालाबन्दी [भिडियो]
काठमाडौँ- बागमती प्रदेशका स्वास्थ्य बीमा दर्ता सहयोगीहरूले बबरहलस्थित स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयमा तालाबन्दी गरेका छन् ।
न्यूनतम् प्रोत्साहन रकम १० प्रतिशतबाट वृद्धि गरी २५ प्रतिशत पुर्याउन माग गर्दै स्वास्थ्य बीमा दर्ता सहयोगीहरू आन्दोलनरत रहेका छन् । उनीहरूले आफ्नो माग पूरा गराउन दबाव दिनको लागि आइतबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उनीहरूले प्रोत्साहन रकमलाई मासिक रुपमा तलबी रुपमा स्थायित्व गराउन पनि माग गरेका छन् । माग पत्रमा भनेका छन् 'दर्ता सहयोगीलाई कार्य गर्न आवश्यक सामानहरू मोबाइल, स्टेशनरी र सर सामानको आवश्यक छ ।'
आफ्नो मागहरूको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरूले जनाएका छन् ।
भिडियो:
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया