स्वास्थ्य

बर्ड फ्लूबाट अर्को महामारी आउन सक्ने चेतावनी

इकागज |
असार ४, २०८१ मंगलबार ९:१५ बजे

काठमाडौँ- विश्वभर बर्ड फ्लू तीव्र गतिमा बढिरहेको छ । यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ ।

अहिले यो रोग गाईमा पनि पुगेको छ । भारतमा पनि यसका केसहरू बाहिर आइरहेका छन् । अब रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी)का पूर्व निर्देशक रोबर्ट रेडफिल्डले अर्को महामारी बर्ड फ्लूबाट आउन सक्ने दाबी गरेका छन् ।


बेलायतको मिडिया हाउस इन्डिपेन्डेन्टका अनुसार एक टिभी च्यानललाई दिएको अन्तरवार्तामा रोबर्ट रेडफिल्डले कोरोनाभन्दा बर्ड फ्लूको मृत्युदर बढी रहेको बताए । उनले कोरोनामा मृत्युदर ०.६ प्रतिशत रहेको बताए भने यो दर २५ देखि ५० प्रतिशत रहेको बताए ।

चिकित्सकका अनुसार बर्ड फ्लूको ए (एच ५ एन १) भाइरस मानिसमा फैलिरहेको छ । एच ५ एच ५ एन १ ले १० मध्ये ६ जनाको ज्यान लिन्छ । यद्यपि, रोबर्ट रेडफिल्डले बर्ड फ्लू कहिले महामारीमा परिणत हुन्छ भनेर भने भनेनन् ।

बर्ड फ्लू के हो ?
बर्ड फ्लू इन्फ्लुएन्जा भाइरसबाट हुने संक्रमण हो । यो सामान्यतया चरा र जनावरहरूमा फैलिन्छ । कहिलेकाहीँ यो संक्रमित जनावरहरूमार्फत मानिसमा पनि फैलिन सक्छ । बर्ड फ्लूका धेरै प्रकारहरू धेरै घातक हुन्छन् । यद्यपि एच ९ एन २ को मामलामा धेरै गम्भीर समस्याहरू देखिएका छैनन् ।

इन्फ्लुएन्जा भाइरस चार प्रकारका हुन्छन्, इन्फ्लुएन्जा ए, बी, सी र डी । यी धेरैजसो एभियन इन्फ्लुएन्जा भाइरसहरूले मानिसहरूलाई संक्रमित गर्दैनन् । तर, मानिसमा ए (एच ५ एन १) र ए (एच ७ एन ९) बाट संक्रमित हुने जोखिम हुन्छ । अब ए (एच ९ एन २ ) नयाँ खतराको रूपमा देखा परेको छ।

बर्ड फ्लूका लक्षणहरू
बर्ड फ्लूले सबैभन्दा बढी श्वासप्रश्वास प्रणालीलाई असर गर्छ । यसका प्रमुख लक्षणमा खोकी लाग्ने, पेट खराब हुने, डायरिया हुने, श्वास फेर्न मुस्किल हुने, ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने, थकान या कमजोरी महसुस हुने, नाकबाट सिगान आउने र गलामा चिलाउने, आँखा रातो हुने जस्ता लक्षणहरू देखिन्छन् ।

बर्ड फ्लू कसरी सर्छ ?
बर्ड फ्लू चराहरूमा पाइने इन्फ्लुएन्जा भाइरसबाट सर्छ । अहिलेसम्म यो एक व्यक्तिबाट अर्को मानिसमा सरेको कुनै घटना भएको छैन । तैपनि विज्ञहरू डराउँछन् कि कुनै पनि समयमा एक उत्परिवर्ती उत्पन्न हुन सक्छ जुन मानिसबाट मानिसमा फैलिन सक्छ ।

बर्ड फ्लू कति खतरनाक छ ? 
मानिसमा एभियन इन्फ्लुएन्जा भाइरसको पहिलो केस सन् १९९७ मा हङकङमा भेटिएको थियो । यो एच ५ एन १ थियो र यसको मृत्युदर लगभग ६० प्रतिशत थियो, जसको मतलब १० मध्ये ६ जना यसबाट प्रभावित भएका थिए ।

क्लिभल्याण्ड क्लिनिकका अनुसार बर्ड फ्लू अहिलेसम्मकै सबैभन्दा घातक रोगहरूमध्ये एक हो । संसारमा यसको मृत्युदर ५० प्रतिशत भन्दा बढी छ । यसको अर्थ बर्ड फ्लूबाट संक्रमित १० जनामध्ये ५ जनाको मृत्यु हुन्छ ।

बर्ड फ्लूको नयाँ संस्करण एच ९ एन २ जसको बारेमा हामीले कुरा गरिरहेका छौं, चराहरूमा मृत्युदर लगभग ६५ प्रतिशत छ । अहिलेसम्म मानिसमा यस्ता धेरै घटनाहरू देखिएका छैनन् । फेला परेका केसहरूमा, यो धेरै घातक साबित भएको छैन ।

बर्ड फ्लूको जोखिम कारक के हो ?
इन्फ्लुएन्जा भाइरस धेरै दिनसम्म बाँच्‍न सक्छ । एच ९ एन २ बाट संक्रमित चराहरूले १० दिनसम्म मल र र्‍यालमार्फत भाइरस फैलाउन सक्छ । संक्रमित सतहहरू छोएर पनि संक्रमण फैलन सक्छ ।

खासगरी कुखुरा पालक किसान, संक्रमित क्षेत्रम जाने व्यक्ति, संक्रमित पक्षीको सम्पर्कमा आएको व्यक्ति, कुखुराको मासु र अन्डा खाने व्यक्ति, संक्रमित विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र सम्पर्क व्यक्तिका परिवार यसको संक्रमणमा आउन सक्छन् ।  

बर्ड फ्लूबाट बच्न केहि सावधानी अपनाउन सकिन्छ । जसमा वान्य्जिव क्षेत्र वा पक्षी विहार जान बन्द गर्ने, विमार र मृत पक्षीलाई छुनबाट बच्ने, खानुभन्दा अगाडी कुखुराको मासु र अण्डालाई राम्रोसँग पकाउने,  पक्षीको नजिक गएपछि हात सेनेटाइज गर्ने, पोल्ट्री बजार वा पोल्ट्री फार्म जानबाट बच्ने र हात नधोई अनुहार तर्फ नछुने जस्ता सावधानी अपनाउन सकिन्छ । 


Author

थप समाचार
x