स्वास्थ्य

आइतबार ५१ संक्रमितको मृत्यु,२४५६ संक्रमणमुक्त

इकागज |
असार ६, २०७८ आइतबार १६:५७ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा ५१ जनाा कोभिड-१९ संक्रमणको कारण मृत्यु भएको छ । आइतबार थप  २ हजार ४ सय ४२ जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ६६७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १४२१ पोजेटिभ देखिएको थियो भने ४२४९ को एन्टिजेन परीक्षण गरिएकोमा १०२१ मा पोजेटिभ देखिएको थियो ।  २ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् ।


काठमाडौँमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको छ ।


Author

थप समाचार
x