स्वास्थ्य

नेपालमा कोभिडको 'अल्फा भेरियन्ट' भेरियन्ट पुष्‍टि

इकागज |
असार ७, २०७८ सोमबार १३:० बजे

काठमाडौँ : नेपालमा थप कोभिड-१९ को अल्फा भेरियन्ट ( B.1.1.7) देखिएको छ ।  वैशाख २६ गतेदेखि २० गतेसम्म देशभरका विभिन्न उमेर समूहका मानिसहरूको नमुना संकलन गरिएको थियो । जसमध्ये ४८ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

' विभिन्न भागका मानिसबाट संकलन गरिएको जिनोमिक पहिचान गर्दा ४७ नमुनामा डेल्टा भेरियन्ट (B.1.617.2) भएको छ, ' विज्ञप्‍तिमा लेखिएको छ,' एउटा नमुनामा अल्फा भेरियन्ट (B.1.1.7) पुष्‍टि भएको हो ।'


४७ मध्ये ९ वटामा k417 म्युटिशेन भेटिएको र जसलाई AY.1  नाम दिएको छ । AY.1 नेपालसहित १० भन्दा बढी राष्ट्रहरूमा फैलिएको छ । नेपालमा हालसम्म variant of concern  का रुपमा अल्फा ( B.1.1.7)  र डेल्टा ( B.1.617.2) भेरियन्ट तथा variant of interest  का रुपमा कप्पा भेरियन्ट ( B.1.617.1 ) पुष्‍टि भएको छ ।

नेपालमा देखिएका भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पर्ने विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयले जारी गरेको विज्ञप्‍तिमा उल्लेख छ ।



Author

थप समाचार
x