स्वास्थ्य

सोमबार २ हजार २९७ संक्रमित थपिए, ४६ को मृत्यु

इकागज |
असार ७, २०७८ सोमवार १७:१० बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप दुई हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।
४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म आठ हजार ७७२ को मृत्यु भइसकेको छ ।

तीन हजार १३० जना संक्रमणमुक्त र हालसम्म पाँच लाख ५९ हजार ९२८ संक्रमणमुक्त भइसकेका छन् । सोमबार काठमाडौँमा २८५, भक्तपुरमा ३३ र ललितपुरमा ६१ जना थपिएका छन् ।



Author

थप समाचार
x