स्वास्थ्य

ललितपुर महानगरले ७५ वर्ष माथिकालाई बुधबार कोभिसिल्डको दोस्रो डोज दिने

इकागज |
असार ८, २०७८ मगलवार ११:५२ बजे

काठमाडौँ : ललितपुर महानगरपालिकाले ७५ वर्ष उमेर समूह माथिका ज्येष्‍ठ नागरिकलाई कोभिसिल्डको दोस्रो डोज खोप लगाउने भएको छ । असार ९ गते बिहान १० बजेदेखि बिहान ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

वडा कार्यालयबाट सिफारिस भएका मानिसलाई मात्र खोप उपलब्ध गराइने उनले जानकारी दिए । खोप प्राप्‍त गर्नेले वडा कार्यालयबाट सिफारिस लिएर जानुपर्नेछ । खोप लगाउन आउनेले पहिलो डोज लगाएको कार्ड र उमेर खुल्ने परिचय पत्र पनि लानुपर्नेछ ।


महानगरले २५ नागरिकलाई कोभिसिल्डको दोस्रो डोजको खोप लगाउने भएको हो । महानगरपालिका भित्रका ७७ वर्ष भन्दा माथिका २२२० र जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरू समेत गरी जम्मा २५ सय मानिसलाई खोप लगायइने महानगरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार महानगरले ७५ वर्ष उमेर समूह माथिका कोभिसिल्डको पहिलो डोज खोप लगाएका मानिसहरूको लागत संकलन गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरबाट पटक-पटक गरी प्राप्‍त खोपको संख्या एकदम न्युन रहेकाले सिमित संख्याका मानिसलाई लगाइने अर्यालले बताए ।

 

 


Author

थप समाचार
x