स्वास्थ्य

परीक्षण बढाएसँगै बढ्यो कोभिड संक्रमण

इकागज |
असार ८, २०७८ मंगलबार १७:१६ बजे

काठमाडौँ : नेपालमा मंगलबार थप ४ हजार ५ सय २२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार २ सय ४ पिसिआर परीक्षणका क्रममा ३ हजार ७ सय ३ र ४ हजार ७ सय ९ वटा एन्टीजेन परीक्षणका क्रममा थप ८१९ जनामा संक्रमण पुष्टि भएको हो । 

यो संगै नेपालका कोभिड संक्रमितको संख्या ६ लाख ५४ हजार ४ सय ७० पुगेको छ । त्यस्तै कोभिडका कारण थप ४१ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा ८ हजार ८ सय १३ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४ हजार ९ सय ५४ संक्रमित संक्रमणमुक्त भएका छन् । 


नेपालमा हालसम्म ५ लाख ६४ हजार ८८२ जना कोरोनामुक्त भएका छन् । हाल ५२ हजार ६४८ सक्रिय संक्रमित आइसोलेशन र ४२५ संक्रमित क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा ३२ लाख ८८ हजार ५३ वटा पिसिआर र १ लाख ५१ हजार ५९२ वटा एन्टीजेन परीक्षण भएको छ । सोमबार कूल १० हजार ९०४ जनाको कोभिड परीक्षण गर्दा २ हजार २९७ जनामा संक्रमण देखिएको थियो । 


Author

थप समाचार
x