स्वास्थ्य

कर्णालीमा तीन सय कोभिड संक्रमितको मृत्यु

इकागज |
असार ८, २०७८ मंगलबार २०:१४ बजे

फाइल तस्बिर

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या तीन सय पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोभिड संक्रमणको दोस्रो लहर फैलिएसँगै मृत्युदर बढेको हो ।

पहिलो लहरमा ४० जनाको मृत्यु भएकोमा दोस्रो लहर सुरु भएपछि मृतकको संख्या बढेर तीन सय पुगेको हो । प्रदेशमा हालसम्म २४ हजार तीन ४३ जनाले कोरोना सङ्क्रमण जितेका छन् । पछिल्लो चौबिस घण्टामा तीन सय ९२ संक्रमित सङ्क्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ । 


निर्देशनालयका अनुसार पछिल्लो समय संक्रमितको संख्या कम हुँदै गएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार २७ हजार चार सय २१ कूल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको संख्या एक हजार पाँच सय ८२ रहेको छ । 


Author

थप समाचार
x