स्वास्थ्य

पहिले अस्ट्राजेनिका खोप लगाएकी जर्मन चान्सलर मर्केलले दोस्रो खोप भने कोभिडजाब लगाइन्

इकागज |
असार ८, २०७८ मंगलबार २१:३० बजे

तस्बिरः एएफपी

काठमाडौँ : जर्मन चान्सलर एन्जेला मर्केलले मोर्डना कम्पनीले विकास गरेको कोभिडजाब खोप लगाएकी छिन् । यसअघि उनले अस्‍ट्राजेनिकाको खोप लगाएकी थिइन् ।  ६६ वर्षीय मर्केलले पहिलो खोप वैशाख ३ गते (अप्रिल १३) लगाएकी थिइन् । जर्मन अधिकारीहरूले दुई सातापछि ६० वर्षभन्दा माथि उमेर समूहकाले खोप लगाउन सक्ने जनाएको थिए । उनले बिहीबार कोभिडविरुद्धको दोस्रो डोज खोप लगाएको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

कोभिडविरुद्धको  पहिलो डोज खोप जुन कम्पनीको लगाएको छ दोस्रो खोप पनि त्यहीँ कम्पनीको लगाउनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन् । तर, मर्केलले भने पहिलो खोप अष्ट्राजेनिकाको लगाएकी थिइन र दोस्रो डोजो खोप मोर्डनाको लगाएकी छन् ।



Author

थप समाचार
x