स्वास्थ्य

बागमतीमा सबैभन्‍दा धेरै

आइसियू र भेन्टिलेटरमा उपचाररत कोभिड संक्रमित : कुन प्रदेशमा कति ?

कर्णाली र सुदूरपश्चिममा सबैभन्दा कम

इकागज |
असार ९, २०७८ बुधबार १४:४३ बजे

फाइल तस्‍बिर

काठमाडौं : बागमती प्रदेशमा सबैभन्दा बढी कोभिड-१९ का संक्रमितहरू आइसियू  र भेन्टिलेटरमा उपचाररत छन् । स्‍वास्‍थ्‍य तथा जनसंख्‍या मन्‍त्रालयको असार आठ (मंगलबार) सम्मको विवरणअनुसार बागमती प्रदेशमा  ४३४ कोभिड संक्रमित आसियूमा र १३६ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश एकमा ११६ जना आसियूमा र ३८ जना भेन्टिलेटरमा छन् । गण्डकीमा ७९ जना आइसोलेसन र १८ जना भेन्टिलेटरमा छन् । लुम्बिनीमा ५९ आसियू र १४ संक्रमित भेन्टिलेटरमा छन् । प्रदेश २ मा ३५ आइसियूमा तथा ३ संक्रमित संक्रमित भेन्टिलेटरमा रहेका छन् ।


सबैभन्दा कम संक्रमित कर्णाली र सुदूरपश्चिममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्णालीमा जम्मा १६ जना आइसियूमा छन् भने २ जना मात्रै भेन्टिलेटरमा छन् । मन्त्रालयको विवरण अनुसार सुदूरपश्चिममा २२ आइसियू र ७ भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै, होम आइसोलेसन र संस्थागत आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या पनि बागमति प्रदेशमा नै बढी रहेको छ । यसरी सबै प्रदेशको गरेर होम आइसोलेसन र संस्थागत आइसोलेसनमा बस्ने जम्मा संक्रमितको संख्या ५२ हजार ६६८ रहेको मन्त्रालयले उल्लेख गरेको छ भने देशभर आइसियू र भेन्टिलेटरमा उपचाररत जम्मा संक्रमितको संख्या भने ९७९ छ ।  


Author

थप समाचार
x