स्वास्थ्य

थप दुई हजार ४२१ जनामा कोभिड संक्रमण पुष्टि

इकागज |
असार ९, २०७८ बुधवार १७:५४ बजे

काठमाडौँ : बुधबार थप दुई हजार चार सय २१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । १२ हजार चार सय १४ जनामा परीक्षण गर्दा २ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोभिड संक्रमणबाट थप ५२ जना र छुटेका २९ जना गरी कूल ८१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बुधबार मात्रै तीन हजार पाँच सय ५८ जना कोभिड संक्रमणमुक्त भएका छन् । 


उपत्यकाका भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाडौंमा तीन सय ४६ गरी कूल चार सय ९७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये ४७२४६ जना 'होम आइसोलेसन'मा र ३ हजार २३४ जना 'क्यारेन्टाइन'मा छन् ।


Author

थप समाचार
x