स्वास्थ्य

तीन हजार बढी संक्रमणमुक्त

इकागज |
असार ९, २०७८ बुधबार १८:६ बजे

काठमाडौँ : गएको २४ घण्टामा करिब १२ हजार ४१४ परीक्षण गर्दा थप २ हजार ४११ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६१ पीसीआरबाट एक हजार पाँचसय ११ जना तथा चार हजार नौ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय १० जना संक्रमित थपिएका हुन् ।

त्यस्तै काठमाडौँ उपत्यकामा मात्रै चार सय ९७ जना कोभिड भाइरसका संक्रमित थपिएका छन् ।  काठमाडौँमा  तीन सय ४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जनालाई कोभिड पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


योसँगै हालसम्म देशभर ५० हजार ५२० जना सक्रिय संक्रमित छन् । जसमध्ये ४७ हजार २८६ जना होमआइसोलेसनमा  छन् । संस्थागत आइसोलेसनमा बस्ने संक्रमितको संख्या जम्मा तीन हजार दुई ३४ छ । 

हाल देशमा आइसियुमा ७३४, भेन्टिलेटरमा २१३, ४२५ संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी गराए । गएको २४ घण्टामा  ३ हजार५५८ जना संक्रमणमुक्त बनेर घर फर्किएका छन् । त्यस्तै, आज ५२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । मन्त्रालयले केही समयदेखि छुटेका २९ मृतकको संख्यालाई पनि जोडेर ८१ जना मृतको तथ्याङ्क पुर्‍याएको छ ।


Author

थप समाचार
x