स्वास्थ्य

सिंहदरबार वैद्यखानामा सतर्कता केन्द्रको छापा

इकागज |
असार ९, २०७८ बुधबार १८:१५ बजे

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार वैद्यखानामा आज बुधबार छापा मारेको छ । वैद्यखानाको मेसिन–उपकरण उपयोग गरी निजी कम्पनीले कोरोनाको औषधि भन्दै धमाधम प्याकिङ गरेको उजुरीका आधारमा केन्द्रले छापा मारेको केन्द्रका प्रहरी उपरीक्षक गणेश श्रेष्ठले बताए । 

वैद्यखानाको सञ्चालक समिति तथा अधिकार प्राप्त निकाय वा अधिकारीको स्वीकृतिबिनै अप्रमाणित औषधि प्याकिङ गर्न लागेको भन्ने सूचनाका आधारमा केन्द्रको टोली वैद्यखाना पुगेको हो । कल्पसतक प्रतिष्ठान भन्ने कम्पनीले उत्पादन गरेको उक्त औषधि खान योग्य हो वा होइन, सरकारी निकायबाट अनुमति लिएको छ कि छैन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । 


वैद्यखाना प्रमुख डा. साहले अनुमति नलिएको जानकारी केन्द्रलाई गराएका थिए । तर जनस्वास्थ्यसँग जोडिएको संवेदनशील विषय भएकाले भोलि बिहीबार वैद्यखाना प्रमुख डा. साहलाई लिखित जवाफ पठाउन भनिएको केन्द्रले जनाएको छ ।


Author

थप समाचार
x