स्वास्थ्य

देशभर ९४७ जना गम्भीर किसिमका कोभिड संक्रमित

इकागज |
असार ९, २०७८ बुधबार १८:५५ बजे

 काठमाडौँ : देशभर नौ सय ४७ जना कोभिडका गम्भीर बिरामी रहेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । सात प्रदेशमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी आइसियु र भेन्टिलेटरमा कोभिड संक्रमित छन् । मन्त्रालयका अनुसार बागमतीमा हाल चार सय १७ आइसियु र एकसय ३६ संक्रमित भेन्टिलेटरमा छन् ।

त्यस्तै, प्रदेश १ मा एकसय २८ जना आइसियु र ३६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७४ आइसियु र २० जना भेन्टिलेटरमा छन् । लुम्बिनीमा ५३ आइसियु र १३ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा ३२ आइसियु र ३ जना भेन्टिलेटरमा छन् ।


साथै कर्णाली र सुदुपश्चिममा सबैभन्दा कम समान १५/१५ आइसियुमा छन् भने भेन्टिलेटरमा क्रमश १ र ४ संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।  


Author

थप समाचार
x