स्वास्थ्य

‘कोभिशिल्ड’ खोप लगाएकाले ‘भेरोसेल’ खोप लिँदा थप प्रभावकारी हुन्छ भन्‍ने समाचार गलत

इकागज |
असार १०, २०७८ बिहीबार ११:४७ बजे

काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयले ‘कोभिशिल्ड’ खोपकाे पहिलो मात्रा लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ लगाउँदा अझ प्रभावकारी हुने भन्दै आएका समाचारलाई खण्डन गरेको छ । डब्लुएचओले यस किसिमका गलत सूचनाले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्नेसमेत बताएको हो ।

बिहीबार विज्ञप्तिमा सार्वजनिक गर्दै डब्लुएचओले दुई किसिमको खोप लिँदा प्रभावकारी नहुने जनाएको छ । 'भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययन भइरहेका छन्', विज्ञप्तिमा भनिएको छ, ‘कोभिशिल्ड खोपको साटो दोस्रो डोज भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्न पर्याप्त वैज्ञानिक आधार छैनन् ।’



Author

थप समाचार
x