Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

स्वास्थ्य

डेंगुले शिक्षिका पौडेलको मृत्यु

इकागज |
साउन २६, २०८१ शनिबार ८:५० बजे

सांकेतिक तस्बिर

काठमाडौँ- झापाको हल्दीबारीमा डेंगु संक्रमणबाट एक शिक्षिकाको ज्यान गएको छ ।

हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल बिर्तामोडमा निधन भएको हो ।


महिला ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एन्ड सी अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।


Author

थप समाचार
x